लिग विजेता मच्छिन्द्रलाई एएफसीको बधाई, एएफसी क्लब च्याम्पियनसिपमा निम्तो

विराटनगर, ६ फागनु । एसियाली फुटबलको सर्वोच्च निकाय एसियन फुटबल फेडेरसन (एएफसी) ले शहीद स्मारक ‘ए’ डिभिजन लिग विजेता मच्छिन्द्र क्लबलाई बधाइ दिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) लाई पत्र पठाउँदै एएफसीले मछिन्द्रलाई बधाई दिएको हो ।

मंगलबार एन्फाले एएफसीको पत्र सार्वजनिक गरेको थियो ।

जसमा, एएफसीले मछिन्द्रलाई बधाईका साथै सन् २०२१ को एएफसी क्लब च्याम्पियनसिपका लागि निम्तो गरेको छ । एएफसीले मछिन्द्रलाई एएफसी क्लब च्याम्पियनसिपको लागि समेत शुभकामना दिएको छ ।

यसैगरी एएफसीले सफल प्रतियोगिता आयोजना गरेकोमा एन्फालाई पनि धन्यवाद दिएको छ ।

विभागीय क्बल त्रिभुवन आर्मी क्लबलाई २ अंकले पछि पार्दै मछिन्द्रले पहिलो पटक लिगको उपाधि जितेको थियो ।

Loading...