कोरोनाभाइरसको कारण सुनको मूल्य बढ्यो, बनायो नयाँ कीर्तिमान

काठमाडौं, ६ फागुन । सुनको मूल्यमा कीर्तिमान कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला ७६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि सुनको रेकर्ड ७६ हजार पाँच सय रुपैयाँ थियो ।

छापावल सुन प्रतितोला ७६ हजार ५ सयमा कारोबार हुँदै आएको एक दिनमै दुई सयले बढेर ७६ हजार ७ सय पुगेको हो ।

सुनचाँदी व्यवसायीहरू सुनको मूल्य बढ्नुमा कोरोनाभाइरसको कारण पनि रहेको बताउँछन् ।

मंगलबार तेजाबी सुन प्रतितोला ७६ हजार चार सय र चाँदी प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Loading...