लिभरपुल अर्को च्याम्पियन्स लिगमा छनौट

एजेन्सी, ६ फागुन । साविकको विजेता क्लब लिभरपुल अर्को सिजनको च्याम्पियन्स लिगमा छनौट भएको छ ।

इंग्लिस प्रिमियर लिगअन्तर्गत सोमबार राति चेल्सीमाथि म्यानचेस्टर युनाइटेडले जित निकालेपछि लिभरपुलले लिगको शीर्ष ४ पक्का गर्दै च्याम्पियन्स लिगको समूह चरणमा स्थान पक्का गरेको हो ।

यससँगै लिभरपुलले १२ खेलअगावै च्याम्पियन्स लिगमा स्थान बनाएको छ ।

जारी सिजनको बाँकी १२ वटै खेल हारेपनि लिभरपुल शीर्ष चारमा पर्ने पक्का भएको हो ।

र, ऊ २४औं सिजन च्याम्पियन्स लिगमा छनोट भएको छ ।

यस्तै ऊ च्याम्पियन्स लिगको अर्को संस्करणका लागि छनोट हुने पहिलो टोली बनेको छ ।

इंग्ल्याण्ड, स्पेन, जर्मनी र इटालीका शीर्ष डिभिजनबाट शीर्ष चार–चार टोलीले समूह चरण खेल्नेछन् ।

यसैगरी १० देशका लिग च्याम्पियन र ६ वटा देशका उपविजेताले पनि समूह चरणमा प्रवेश पाउने प्रावधान: छ ।

Loading...