मेस्सी बने ‘स्पोर्ट्सम्यान अफ द इयर’ जित्ने पहिलो फुटबलर

एजेन्सी, ६ फागनुन । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले ‘लाउसरेस स्पोर्ट्म्यान अफ द इयर–२०१९’ जितेका छन् ।

सोमबार अर्जेन्टिनी कप्तान लियोनल मेस्सीलाई उक्त अवार्ड दिने घोषणा गरिएको हो ।

यस अवार्ड जितेसँगै मेस्सी लाउरेस स्पोर्ट्सम्यानको अवार्ड जित्ने पहिलो फुटबलर बनेका छन् ।

यसअघि कुनै पनि फुटबरले यस अवार्ड जित्न सकेका थिएनन् ।

यो अवार्ड दुइै खेलाडीलाई दिइएको थियो, जसमा फुटबल विधाबाट मेस्सी र रेसिङ ड्राइभर लेविस ह्यामिल्टनले पाएका हुन् ।

यद्यपि, उनी उक्त अवार्ड समारोहमा उपस्थित थिएनन् ।

उनले भिडियोमा आफू उपस्थित हुन नपाउँदा क्षमाप्रार्थी रहेको बताएका थिए ।

‘म त्यहाँ उपस्थित हुन नपाएकोमा क्षमाप्राथी छु, यो अवार्ड जित्ने पहिलो खेलाडी भएकोमा म धेरै उत्साहित छु,’ उनले भनेका छन् ।

‘यस अवार्ड जित्न पाउँदा गर्व महसूस गरेको छु’, मेस्सीले भिडियोमार्फत् भनेका छन्, ‘पक्कै पनि यसका लागि म मेरो परिवार र सहकर्मी साथीहरूलाई धेरै–धेरै धन्यवाद दिन चाहन्छु ।’

Loading...