birat ribon

राम्रा युवतीको फोटो हेर्ने लोभमा इजरायली सेनाको फोन ह्याक

Neuro
राम्रा युवतीको फोटो हेर्ने लोभमा इजरायली सेनाको फोन ह्याक

विराटनगर, ६ फागुन । दर्जन बढी इजरायली सैनिकको फोन हमासले ह्याक गरेको छ ।

Padelux insider
cura insider

इजरायली सेनका अनुसार दर्जनों सैनिकको स्मार्टफोनमा युवतीको फोटो पठाएर उनीहरुको मोवाइल ह्याक गरिएको हो ।

सैनिकहरुलाई युवतीको तस्विर पठाएर एक एप्लिकेशन डाउनलोड गर्न भनिएको थियो ।

युवतीसँग गफ गर्न पाउन लालचमा ती सैनिकहरुले सो एप्लिकेशन डाउनलोड गरेका थिए ।

सैनिकहरुलाई यो एप्लिकेशनले उनीहरुको फोन ह्याक भएको पत्तै भएन् ।

इजरायली सेनाले ह्याकिङ हमास संगठनले गरेको आरोप लगाएको छ ।

गाजा क्षेत्रमा शासन गरिरहेको हमास र इजरायलबीच पुरानो दुस्मनी रहेको छ ।

इजरायली सेनाका प्रवक्ता कर्नल जोनाथन कार्निकसले सैनिकको फोन ह्याक गर्ने यो तेश्रो प्रयास भएको बताए । उनले हमासले ह्याक गर्न सिकेको र क्षमता बढाएको प्रतिकृया दिए ।

उनका अनुसार ह्याकरले प्रवासी इजरायली युवती भएको दाबी गर्दै कनिकुथी हिब्रु बोलेर सैनिकहरुलाई मित्रता गाँस्न अनुरोध गरेका थिए ।

सैनिकसँग मित्रता गाँसेपछि ती युवतीले केही लिंक पठाएर आफ्ना अरु तस्विर हेर्न अनुरोध गरेका थिए । तर ती लिंकहरु भाइरस थिए ।

जसले गर्दा इजरायली सेनाको फोन ह्याक भएको हो । लिंक क्लिक गरेका सेनाको स्मार्टफोनमा भएको डेटा, लोकेशन र तस्विर समेत ह्याकरको कब्जामा पुगेको छ ।

ह्याकरहरुले फोनको कन्ट्रोल गर्न र आवाज रेकर्ड समेत गरेका हुन सक्ने बताइएको छ ।

इजराय र हमासबीच दशकौँदेखि जारी संघर्षका बीच उनीहरुले एकअर्कामा जासुसी समेत गर्दै आएका छन् ।

jackson ribon