काठमाडौं, ६ फागुन । आज (मङ्गलबार) प्रदेश १ का पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना रहेको छ ।
पूर्वी पहाडका केही स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी वायु तथा पूर्वी भेगमा न्यून चापीय प्रणालीको असरस्वरुप दिनभर मौसम बदली भइ पूर्वी पहाडका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् विभूति पोखरेलले बताए ।
यस्तै बुधबार देशभरि नै बादल लागेर पहाडका धेरैजसो ठाउँमा सामान्य बर्षात् हुने उनले बताए ।