birat ribon

गिजाबाट रगत आउनेलाई मस्तिष्कघातको खतरा

Neuro
गिजाबाट रगत आउनेलाई मस्तिष्कघातको खतरा

विराटनगर, ६ फागुन । हामी मध्ये धेरैले ब्रस गर्दा गिजालाई ध्यान दिइरहेको हुँदैनौँ ।

Padelux insider
cura insider

गिजालाई पनि दाँतलाई जत्तिकै सफा राख्न जरुरी हुन्छ ।

गिजामा ब्याक्टेरियाको कारण फोहोर हुने, रगत आउने र सुन्निने समेत हुन सक्छ ।

गिजामा रगत आउनु फोहोर भएर ब्याक्टेरिया जम्मा भएको लक्षण पनि हुन सक्छ ।


यो कुरा सायद कमैलाई थाहा होला, यस्तै फोहोर गिजाकै कारण स्ट्रोक (घात), मधुमेह र मुटुका रोग समेत लाग्न सक्छ ।


एक अध्ययन अनुसार गिजाको रोगीलाई मस्तिस्कघात (ब्रेनस्टोक)को सम्भावना धेरै भएको पत्ता लागेको छ ।

गिजाको रोगले दिमागको धमनीहरु ब्लक हुने सम्भावना दुई गुणा बढी हुने अध्ययनले पत्ता लगाएको हो ।

दाँत र गिजाको सरसफाइमा ध्यान दिनु नै यस्तो गम्भीर रोगबाट बच्ने सजिलो तरिका हो । गिजाको यो रोगलाई पेरिडोन्टल भनिन्छ ।

ब्याक्टेरिया र फोहोरको कारण गिजामा यस्तो संक्रमण हुने गरेको छ । यसको मुख्य लक्षण नै गिजाबाट रगत आउने हो ।

यसको उपचार बेलैमा नगरेमा तपाईका सबै दाँत झर्न सक्ने छन् ।

jackson ribon