विराटनगर, ६ फागुन । इटालियन सिरी ‘ए’मा एसी मिलानले साँघुरो जित निकालेको छ ।

सोमबार राति भएको खेलमा मिलानले टोरिनोवरुद्ध १–० गोलको जित दर्ता गरेको हो ।
आफ्नै मैदानमा भएको यस खेलमा मिलानलाई जिताउन एन्टे रेबिकले निर्णायक गोल गरे ।
उनले खेलको २५औं मिनेटमा गरेको गोल नै मिलानको जितमा निर्णायक बन्यो ।
यस जितसँगै मिलानले २४ खेलबाट ३५ अंक जोडेको छ । हाल ऊ आठौं स्थानमा छ । पराजित टोरिनो भने २७ अंकका साथ १४औं स्थानमा छ ।