एजेन्सी, ६ फागुन । आजबाट युरोपियन च्याम्पियन्स लिगका खेलहरू पुनः सुरु हुँदैछन् ।
केही समयको विश्रामपछि आजबाट युरोपको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता च्याम्पियन्स लिगका खेल सुचारु हुन लागेका हुन् ।

आजबाट अन्तिम १६ को पहिलो लेगका खेलहरू हुनेछन्, जसमा आज दुई खेल हुनेछन् ।
आज हुने दुवै खेल नेपाली समयअनुसार राति १ः४५ बजेबाट हुनेछन् ।
आज साविकको विजेता लिभरपुलले स्पेनिस क्लब एथ्लेटिको मड्रिडसँग खेल्नेछ ।
यो खेल एथ्लेटिकोको मैदानमा वान्डा मेट्रोपोलिट्यानो स्टेडियममा हुनेछ ।
यसअघि एथ्लेटिकोले लोकोमोटिम मोस्कोलाई हराउँदै अन्तिम १६ मा स्थान बनाएको हो । यता, लिभरपुलले भने साल्स्जबर्गलाई हराउँदै यहाँसम्म स्थान बनाएको हो ।
आजको दोस्रो खेलमा भने जर्मन क्लब बोरुसिया डर्टमुण्डले फ्रान्सको च्याम्पियन क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)सँग खेल्दैछ ।
यो खेल डर्टमुण्डसँग खेल्दैछ । यसअघि डर्टमुण्डले स्लाभिया प्रहालाई हराउँदै अन्तिम १६ मा स्थान बनाएको हो भने पीएसजीले यहाँसम्म आउनका लागि गालातासरेलाई हरायो ।