birat ribon

म्यानचेस्टर युनाइटेडले चेल्सीलाई उसैको मैदानमा हरायो

Neuro
म्यानचेस्टर युनाइटेडले चेल्सीलाई उसैको मैदानमा हरायो

विराटनगर, ६ फागुन । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले चेल्सीमाथि जित दर्ता गरेको छ । सोमबार राति भएको खेलमा युनाइटेडले चेल्सीलाई २–० गोलले हराएको हो ।

Padelux insider
cura insider

चेल्सीको मैदान स्टाम्फोर्ड ब्रिजमा भएको उक्त खेलमा युनाइटेडलाई जिताउन एन्थोनी मार्सियल र ह्यारी मागुइरेले समान एक–एक गोल गरे ।

खेलको ४५औं मिनेटमा मार्सियलको गोलमा युनाइटेडले अग्रता बनाएको थियो ।

यस्तै खेलको ६६औं मिनेटमा मागुइरेले गोल गर्दै युनाइटेडलाई २–० गोलले जिताए ।

जितसँगै युनाइटेड सातौं स्थानमा उक्लिएको छ ।

युनाइटेडले ३८ अंक बनाउँदै सातौं स्थानमा उक्लिएको हो । यता, चौथो स्थानको चेल्सीसँग ४१ अंक छ ।

jackson ribon