birat ribon

काठमाडौँ–तराई/मधेस द्रुतमार्गमा जग्गा अधिग्रहण बाँकी

Neuro
काठमाडौँ–तराई/मधेस द्रुतमार्गमा जग्गा अधिग्रहण बाँकी

काठमाडौं, ५ फागुन । राष्ट्रिय गौरवका आयोजना काठमाडौँ–तराई मधेस दु्रतमार्गमा अझै २६५ रोपनी जग्गा अधिग्रहण गर्न बाँकी छ ।

Padelux insider
cura insider

खोकना, बुङ्मति, डुकुछाप, लेनडाँडा, महादेवटारलगायतका स्थानमा जग्गा अधिग्रहण बाँकी रहेको हो ।

प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको ‘काठमाडौँ–तराई/मधेश दु्रतमार्गको कार्यप्रगति तथा आगामी कार्ययोजना’सम्बन्धी छलफल कार्यक्रममा सो आयोजनाको निर्माण गरिरहेको नेपाली सेनाले विभिन्न स्थानमा जग्गा अधिग्रहण र रुख काट्ने काम बाँकी रहेको जानकारी दिएको हो ।

खोकनामा निर्धारित ‘एलाइनमेन्ट’ (मार्ग परिवर्तन) हुँदा कतिपय स्थानमा विद्यालयलगायतका संरचना सार्नुपर्दा जग्गा अधिग्रहण बाँकी रहेको हो ।

कतिपय स्थानमा निर्माणको कामअघि बढेपनि अवरोधका कारण विभिन्न स्थानमा रुख काट्ने, जग्गा अधिग्रहण, कटिङलगायतका तयारीका काम भइरहेको सेनाले जनाएको छ ।

रक्षा मन्त्रालयका सचिव रेश्मीराज पाण्डेले खोकना र बुङ्गमतिमा जग्गा अधिग्रहण गर्नकै लागि लामो समय लागेको बताए ।

पहिलेको रेखाङ्कनमा जग्गा परेका स्थानीयले जग्गा फिर्ता गर्नुपर्ने माग गरिरहेका छन् ।

कतिपय स्थानीय अहिले पनि आफू मर्कामा परेको भनी अदालत गएकाले मन्त्रालय र सेनाले अदालतमा लिखित जवाफ दिइने बताए ।

उनले भने, “मदन भण्डारी लोकमार्गसँग क्रस हुने स्थानमा ‘इन्टरचेन्ज’ निर्माण गर्नुपर्ने भनिएपनि प्राविधिक र जमिनको उपलब्धता सहज छैन ।”

नेपाली सेनाका निर्देशक समितिका प्रमुख बलाधिकृत रथी शरद गिरीले पछिल्लो समयमा खोकनामा ‘एलाइन्मेन्ट’ परिवर्तन भएकाले रुख कटान बाँकी रहेको बताए ।

समयमै र गुणस्तरीय काम सम्पन्न गर्न ११ प्याकेजमा काम अघि बढिरहेको उनले बताए ।
सेनाले पारदर्शी रुपमा निर्माण अघि बढाइरहेको उनको दाबी छ ।

उक्त आयोजनाका प्रमुख सहायक रथी शरदलाल श्रेष्ठले राष्ट्रको कोशेढुङ्गाका रुपमा रहेको आयोजनाको निर्माण कार्ययोजनानुसार नै अघि बढाइएको बताए ।

समितिकी सभापति कल्याणीकुमारी खड्काले विकासका धेरै काममा टेबुलकै कामले समय लिने गरेको बताइन् ।

यो सडक निर्माणका लागि समयमै विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार नभएकाले ढिलाइ भएको भन्दै समितिले विगतमा पनि छिटो स्वीकृत गर्न सरकारलाई भनिरहेको उनको भनाइ छ ।

jackson ribon