नयाँ दिल्ली, ५ फागुन । भारतको चर्चित निर्भया बलात्कार घटनाका दोषीहरुलाई ३ मार्चमा फाँसी दिने पटियाला हाउस कोर्टले डेथ वारेन्ट जारी गरेको छ ।
यस अघि दुई पटक अदालतले फाँसीको मिति सारेको थियो । विभिन्न याचिकाहरुको कारण फाँसी टरेको थियो ।
सोमबार जारी भएको डेथ वारेन्टमा चारै जना दोषीहरुलाई बिहान ६ बजे फाँसी दिने समय अदालतले तोकेको छ ।
मुकेश सिंह, विनय शर्मा, अक्षय ठाकुर र पवन गुप्तालाई फाँसी दिइने भएको हो ।
यस अघि २२ जनबरीलाई फाँसी दिने मिति तोकिएकोमा दया याचिका राष्ट्रपतिले कारबाही नगर्दा रोकिएको थियो ।
पछि १ फरबरीमा फाँसी दिने मिति सुनाइएपनि अदातलको आदेशको कारण रोकिएको थियो ।
निर्भयाकी आमा आशादेवीले यो पटकको डेथ वारेन्टपछि भने आशा जागेको बताएकी छिन् ।
उनले दोषीहरुलाई फाँसी दिने र कानूनको छिद्रलाई समातेर फेरी फाँसी नरोकिने विश्वास रहेको बताइन् ।
तर दोषीहरुको वकिल एपी सिंहले भने अझै उनीहरुसँग कानूनी विकल्प बाँकी भएको बताएकाछन् ।