विराटनगर, ५ फागुन् । सुत्केरी गराउन आएकी महिला र शीशुको मृत्यु भएपछि मोरङको रंगेलीमा रहेको जिल्ला अस्पतालमा तनाव भएको छ ।
रंगेली नगरपालिका– ७ मा रहेको रंगेली अस्पतालमा सोमबार २५ वर्षिय रबिना सरदार भर्ना भएकी थिइन् ।
सोमबार विहान भर्ना भएकी उनको विहान करिब १० बजे नर्मल डेलिभरी भएको थियो ।
प्रसूतिमा छोरा मृत जन्मिएको थियो । मृत शीशु जन्मिएको केही समयपछि आमालाई रक्तश्राप भएको थियो ।
रक्तश्रापका कारण समस्या बढेपछि उनलाई उपचारका लागि कोशी अस्पताल हुँदै नोबेल मेडिकल कलेज पठाइएको थियो ।
नोबेलमा रबिनाको मृत्युपछि आफन्तले रंगली अस्पतालमा नाराबाजी गरेका छन् ।
शीशु र आमाको शव रंगेली अस्पताल परिसरमा राखेर आफन्त र स्थानीयले नारावाजी गरेको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक लेखनाथ दाहालले जानकारी दिए ।