काठमाडौं, ५ फागुन । नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्यमा प्रतिलिटर दुई रुपैयाँले घटाएको छ ।
आज (सोमबार) राती १२ बजेबाट लागू हुने गरी निगमले डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको हो ।
खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने साविककै मुल्य रहेको नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेले जानकारी दिए ।
नयाँ मूल्यअनुसार पेट्रोलको प्रतिलिटर मूल्य १ सय ८ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर ९७ रुपैयाँमा आएको छ ।
निगमले माघ २० गते मूल्य समायोजन गरेर पेट्रोल र डिजेलमा एक रुपैयाँ प्रतिलिटर मूल्य घटाएको थियो ।
हवाई इन्धनको मूल्य यथावत राख्दै एलपजी ग्याँसको मूल्यमा प्रतिसिलिन्डर २५ रुपैयाँ बढाएको थियो ।