birat ribon

जङ्गली जीवजन्तुको अवैध शिकारले चीनमा कोरोना जीवाणु फैलिएको आशंका

Neuro
जङ्गली जीवजन्तुको अवैध शिकारले चीनमा कोरोना जीवाणु फैलिएको आशंका

बेइजिङ, ५ फागुन । २००२ मा चीनमा नयाँ जीवाणुको संक्रमण फैलियो ।

Padelux insider
cura insider

त्यसपछि चीनले जङ्गली समेतका जीवित वा मृत जनावरहरू बजारमा बेचबिखन गर्न रोक लगायो ।

यही जीवाणुका कारण प्राणघातक सार्स फैलिएको अनुमान गरिएको थियो ।

अहिले सार्ससँग मिल्दोजुल्दो कोरोनाभाइरसले चीनलाई सताएको छ । रोगको मुख्य उत्पत्ति तिनै जीवजन्तु हुन सक्ने आशंका गरिएको छ ।

त्यस्ता जीवजन्तुको बेचबिखनमाथि लागेको प्रतिबन्ध पछि हटाइयो ।

जनावरहरू फेरि बजारमा देखा परे । अहिले अर्को कोरोना जीवाणु चीनमा फैलिएको छ ।

हालसम्म १ हजार ७०० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

६५ हजारभन्दा बढी मानिस बिरामी परेका छन् । सार्सभन्दा यो अझ बढी खतरनाक देखिएको छ ।

कोरोना जीवाणुको स्रोतका लागि तिनै अव्यवस्थित जङ्गली जनावरमाथि औंला तेर्सिएको छ ।

एक दर्जनभन्दा बढी चिनियाँ शहरहरूका ६ करोडभन्दा बढी मानिस बन्दीझैं अवस्थामा छन् ।

यही कारण वन्यजन्तुहरूको बिक्रीलाई स्थायी रूपमा प्रतिबन्ध लगाउनु पर्ने आवाज उठेको छ ।

धेरैको विचारमा स्वादिष्ट मासुको नाममा वन्यजन्तुको खोजी गर्ने सीमित धनी मानिसका कारण यसको व्यापार फस्टाएको हो ।

टेनेसीको मेम्फिसमा रहेको सेन्ट जुड चिल्ड्रेन्स रिसर्च अस्पतालका इन्फ्लूएन्जा जीवाणु विज्ञ रोबर्ट वेब्स्टरले पशुपक्षीमा असंख्य जीवाणु हुने बताए ।

उनले ती सबै मानिसमा सङ्क्रमित हुन पाएको भन्दै जीवाणुले कुनै पनि बखत मानिसलाई हानि गर्न सक्ने चेतावनी दिए ।

सार्स र हाल फैलिएको कोविड–१९ ले मानिसलाई दुःख दिएको र रोग सारेको उदाहरण पहिलो भने होइन ।

अफ्रिकामा “बुशमिट” का नाममा पशुपंक्षीको शिकार र बिक्रीबाटै प्राणघातक इबोला फैलिएको मानिन्छ ।

बर्ड फ्लू १९९७ मा हङकङको बजारमा कुखुराबाट आएको थियो । दादुराको जीवाणु पनि गाईवस्तुबाट सङ्क्रमण भएर मानिसमा आएको विश्वास गरिन्छ ।

प्रमाणहरुले चमेरोबाट कोरोनाभाइरस उत्पत्ति भएको हुन सक्ने देखाएका छन् ।

यी चमेराले अरु पशुपक्षीलाई सङ्क्रमित गरेका र यसले चीनको दक्षिणपूर्वी शहर उहानको अबैध बजारमा मानिसहरूलाई सङ्क्रमित गरेको आशंका छ ।

अहिले बन्द अवस्थामा रहेको हुनान सिफुड होलसेल मार्केटले दर्जनौं किसिमका वन्यजस्तुको मासु बिक्रीको विज्ञापन नै गरेको थियो ।

बजारमा विशाल छेपारो, गोहीको बच्चा र जंगली कुकुर जस्ता दर्जनौं प्रजातिका जीवजन्तु समेटिएका थिए ।

यी जीवजन्तुको फर्ममा उत्पादन गरिए पनि यिनीहरुलाई अक्सर वन्यजन्तुकै श्रेणीमा राखिन्थ्यो ।

उहान बजारबाट सङ्कलित ३३ वटा नमुना परीक्षणमा कोरोनाभाइरस सङ्क्रमण पुष्टी भएको अधिकारीहरूले बताएका छन् ।

तीमध्ये ३१ जना वन्यजन्तुकै कारोबार हुने केन्द्र वरपर भेटिएका थिए ।

घरमा लामो समय पालिने कुखुरा र सुँगुर जस्ता पाल्तु पशुसँग तुलना गर्दै विज्ञहरुले जङ्गली जनावरहरूमा पाइने जीवाणुका बारेमा कमै जानकारी रहेको बताएका छन् ।

उहानको पशुपंक्षी बजार एशिया र अन्यत्र जस्तै थियो, जहाँ जनावरहरू बाँधिएका वा पिंजडामा राखिएका हुन्छन् ।

अधिकारकर्मीहरुका अनुसार कानुनी रूपमा पालिएका र अवैध रूपमा शिकार गरिएका जनावरबीचको भिन्नता छुट्याउन गाह्रो छ ।

प्रायः ताजा बेच्ने भन्दै बजारमा जताततै मारिन्छन् ।

विज्ञहरूले मानिसको सानो असावधानीले पनि समस्या निम्त्याउने र नयाँ जीवाणुहरु मानिसमा सङ्क्रमित हुने खतरा औंल्याउँछन् ।

ह्युस्टन विश्वविद्यालयमा चिनियाँ राजनीति विषयमा अध्ययनरत पिटर लीले चिनियाँहरुले भर्खरै वन्यजन्तुको स्वाद लिन थालेको बताए ।

देशको आर्थिक बृद्धिका कारण मानिसमा नयाँ किसिमका पशुको स्वाद लिने प्रवृत्ति बढेको उनको भनाई छ ।

चिनियाँ सामाजिक सञ्जालमा यतिखेर केही सीमित धनी वर्गको असन्तुष्टीले आम मानिसको स्वास्थ्यमा खेलवाड गरेको र जोखिम बढाएको भन्दै तिब्र आलोचना भइरहेको छ ।

यसै महिना चिनियाँ राष्ट्रपति सी चिनफिङले जनस्वास्थ्यमा जोखिम निम्त्याउने वन्यजन्तुको अवैध कारोबारलाई “पूर्णरुपले अवैध र कडाइका साथ प्रतिबन्ध” लगाउने घोषणा गरेका छन् ।

पूर्वी प्रान्त आन्हुईमा अधिकारीहरूले जंगली ब्याजर र मुसाहरुको फार्म चलाउन प्रतिबन्ध लगाएका छन् ।

तियानजिन बन्दरगाहमा वन्यजन्तुको बिक्रीमा संलग्न रहेको आरोपमा छजना व्यापारीलाई गिरफ्तार गरेको छ ।

चिनियाँ अधिकारीहरूका अनुसार हुवेईमा कोरोनाको सङ्क्रमण देखिएपछि देशभर करिब १५ लाख बजार र अनलाइन संचालकको अनुगमन र जाँच गरिएको छ ।

करिब ३ हजार ७०० पसल बन्द गरिएका छन् भने करिब १६ हजार प्रजनन साइटलाई घेराबारा गरिएको छ ।

यी उपायहरू आगामी दिनमा कसरी निरन्तरता पाउँछन् भन्ने अद्यापी स्पष्ट छैन ।

यो प्रकोप सुरु हुनुभन्दा अघि चीनमा ५४ प्रजातिका पशुपक्षी बेच्न अनुमति थियो ।

तर घरपालुवा वा जङ्गली हुन् भन्ने छुट्याउन भरपर्दो व्यवस्था नहुँदा समस्या थियो ।

jackson ribon