नेप्सेमा उच्च अङ्कको वृद्धि

काठमाडौं, ५ फागुन । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज ३४ अङ्कले उकालो चढेको छ ।

लगातार उकालो लागेको बजारमा सोमबार नेप्सेले नयाँ इतिहास बनाएको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्सेमा ३४.२४ विन्दुले बढेर एक हजार ३९८.२४ मा पुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचकसमेत ८.०४ ले वृद्धि भई २९३.८६ मा पुगेको छ ।

बजार उकालो लाग्ने क्रम बढ्दै जाँदा नेप्सेले १ हजार ४०० को दिशा पक्डेको छ ।

नेप्सेमा उच्च अङ्कको वृद्धि हुँदा त्यसको प्रभाव कारोवार रकममा परेको छ ।

आज झण्डै २ अर्ब ७० करोड जतिको कारोवार भएको छ ।

१ सय ७५ कम्पनीका ६४ लाख ७४ हजार ७५० कित्ता शेयर २ अर्ब ६८ करोड ७५ लाख ३३ हजार ४४२ मूल्यमा खरिद–बिक्री भए ।

कारोवार भएका १२ उपसमूहकै शेयर सोमबार उकालो लागेको छ ।

बैंकिङ ४१.१३, व्यापार ४१.९७, होटल २०.९४, विकास बैंक २७.३, जलविद्युत् ३२.१८, वित्त ९.७९, निर्जीवन बीमा १८१.८२, उत्पादन १०.६५, अन्य ६.२१, लघुवित्त ९.६७, जीवन बीमा ११७.७२ र सामूहिक लगानी कोष ०.१ ले वृद्धि भएको छ ।

नेप्सेका अनुसार सोमबार कारोवारका आधारमा शिवम् सिमेन्ट शीर्षस्थानमा रहेको छ ।

Loading...