झापा, ५ फागुन । झापामा तामा र चाँदीको सामानसहित दुई जना पक्राउ परेका छन् ।
झापाको मेचीनगर नगरपालिका–६ मेची खोला छेउबाट प्रहरीले ठूलो परिणाममा चाँदी र तामाको सामानसहित दुई जनालाई सोमबार प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–६ बौद्धका ३४ वर्षीय अजित नगरकोटी र काठमाडौँ महानगरपालिका–१ का ३८ वर्षीय श्याम सुनुवार रहेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट ११ केजी ९०० ग्राम चाँदी र २१ केजी बराबरको तामाका सामान बरामद गरेको थियो ।
बरामद सामान र पक्राउ परेका दुवैलाई प्रहरीले मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाएको छ ।