birat ribon

शिवमायाद्वारा पदभार ग्रहण

Neuro
शिवमायाद्वारा पदभार ग्रहण

काठमाडौं, ५ फागुन । नवनियुक्त कानुन न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले पदभार ग्रहण गरेकी छिन् ।

Padelux insider
cura insider

तुम्बाहाङ्फेले सोमबार दिउँसो राष्ट्रपति भवनमा पद तथा गोपनियाताको शपथ ग्रहण गरेपछि उनले पदभार सम्हालेकी हुन् ।

तुम्बाहाङ्फेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ गराएकी थिइन् ।

बलात्कारको आरोप लागेपछि तत्कालिन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि उपसभामुख रहेकी शिवमायाले सभामुखको दाबी गरेकी थिइन् ।

तर नेकपाको सचिवालय बैठकले अग्नी खरेललाई सभामुखको उम्मेदवार बनाउने भएपछि उनले उपसभामुखबाट राजीनामा दिएकी थिइन् ।

यता संघीय समाजवादीले सरकार छोडेपछि अध्यक्ष उपेन्द्र यादवले सम्हालेको कानून मन्त्रालय मन्त्रीविहीन बनेको थियो ।

सो मन्त्रालयपनि स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सम्हाल्दै आएका थिए ।

jackson ribon