birat ribon

एक स्थान सुधार गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोली १६औं स्थानमा

Neuro
एक स्थान सुधार गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोली १६औं स्थानमा

विराटनगर, ५ फागुन । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको नयाँ एकदिवसीय वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ ।

Padelux insider
cura insider

आईसीसीद्वारा १५ फेब्रुअरीमा प्रकाशित नयाँ वरीयतामा क्रममा एक स्थान सुधार गर्दै नेपाल १६औं स्थानमा उक्लिएको हो ।

अघिल्लो वरीयतामा नेपाल १७औं स्थानमा रहेको थियो ।

विश्व क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा २ जित निकालेसँगै नेपालले एकदिवसीय वरीयतामा सुधार गरेको हो ।

ओमान र अमेरिकासँग घरेलु मैदानमा भएको सिरिजमा नेपालले ४ खेलमा २ जित मात्र निकालेको थियो ।

ओमानसँगको दुवै खेलमा पराजित नेपाले अमेरिकाविरुद्धको दुई खेलमा नै जित दर्ता गराएको थियो ।

१२ खेलमा २० रेटिङ अंक पाएको नेपाल एकदिवशीय वरीयताक्रममा नामिबिया, युएई, अमेरिका र पपुवा न्युगिनीभन्दा माथि रहेको छ ।

एकदिवशीय विश्व वरियताक्रमको शीर्ष स्थानमा इंग्ल्यान्ड, दोस्रोमा भारत र तेस्रोमा न्युजिल्याण्ड रहेका छन् ।

jackson ribon