birat ribon

नेयमार च्याम्पियन्स लिगका लागि पीएसजीको टोलीमा फर्किए

Neuro
नेयमार च्याम्पियन्स लिगका लागि पीएसजीको टोलीमा फर्किए

एजेन्सी, ५ फागुन । ब्राजिलियन स्टार नेयमार च्याम्पियन्स लिगका लागि पेरिस सेन्ट जर्मेन (पीएसजी) को टोलीमा फर्किएका छन् ।

Padelux insider
cura insider

लामो समयदेखि च्याम्पियन्स लिगमा सहभागिता नजनाएका उनी बोरुसिया डर्टमुण्डविरुद्धको खेलबाट च्याम्पियन्स लिगमा फर्किँदैछन् ।

पीएसजीले आगामी मंगलबार च्याम्पियन्स लिगमा जर्मन क्लब बोरुसिया डर्टमुण्डसँग खेल्दैछ ।

अन्तिम १६ अन्तर्गतको यस खेल डर्टमुण्डकै मैदानमा हुने । यस खेलबाट नेयमार मैदान फर्किँदैछन् ।

पीएसजीका प्रशिक्षक थोमस टुचेलले नेयमारलाई डर्टमुण्डविरुद्धको टोलीमा राखेका हुन् ।

उनले यस खेलबाट नेयमार मैदान फर्किने जनाएका छन् । केही समयअघि घाइते भएका नेयमारले पछिल्ला ४ खेल खेलेका छैनन् ।

अब भने उनी च्याम्पियन्स लिगअन्तर्गत बोरुसिया डर्टमुण्डविरुद्धको खेलबाट मैदान उत्रिने निश्चित भएको छ ।

उनका साथै डर्टमुण्डविरुद्धको टोलीमा इडिन्सन काभानी, किलियन एम्बाप्पे, एन्जल डी मारिया जस्ता खेलाडी रहेका छन् ।

jackson ribon