birat ribon

रात्रीकालीन खेलका लागि विराटनगर रंगशालामा धमाधम फ्लडलाइट जडान हुँदै

Neuro
रात्रीकालीन खेलका लागि विराटनगर रंगशालामा धमाधम फ्लडलाइट जडान हुँदै

शिवहाङ राई
विराटनगर, ५ फागुन । गर्विलो इतिहास बोकेको एक नम्बर प्रदेश राजधानी विराटगरस्थित शहीद रंगशालामा आयोजना हुने खेलहरू अब राति पनि हेर्न पाइने भएको छ ।

Padelux insider
cura insider

शहीद रंगशालामा मास्ट फ्लडलाइट जडान भैसकेपछि आयोजना हुने फुटबल, क्रिक्रेट आदि खेलहरू अबदेखि राति पनि हेर्न पाइने भएको हो ।

रंगशालाभित्र मैदानको चारै कुनामा मास्ट फ्लडलाइट जडान गर्ने कार्य धमाधम भरहेको सामाजिक विकास मन्त्रालय खेलकूद महाशाखाका प्रमुख सूर्यराज घिमिरेले बताए ।

मास्ट फ्लडलाइट जडानका लागि एक नम्बर प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले कूल ५ करोड बजेट विनियोजन गरेको छ ।

निर्माण कार्यको सम्पूर्ण ठेक्का कार्की जेबिएन कन्सट्रकसन कम्पनीले लिएको छ । सम्झौताअनुसार ठेकेदार कम्पनीले वैशाखको अन्त्यसम्ममा निर्माण कार्य सम्पन्न गरिसक्नुपर्ने छ । फ्लडलाइटको निर्माण सामाग्री सबै भारतबाट आयात गर्नुपर्ने हुन्छ ।

ती सबै सामाग्रीहरूलाई प्रयोगशालामा परीक्षण गरेर मात्रै प्रयोग गर्न पाइन्छ । ईन्जिनियर ओमनारायण चौधरीले सामग्री आयातमा समस्या नभएमा तोकिएकै समयमा काम सकिने हुने बताए ।

फ्लडलाईट जडान भइसकेपछि विराटनगरमा अब हपहपी गर्मी सहेर दिउँसो खेल हेर्नुपर्ने बाध्यता अन्त्य हुनेछ । दर्शकहरूले साँझको समयमा आरामले शितलमा बसेर खेल हेर्न पाउनेछन् ।

यसरी जडान हुन्छ मैदानमा मास्ट फ्लडलाइट

ईन्जिनियर चौधरीका अनुसार जडान गरिने मास्ट फ्लडलाइटको जमिन सतहदेखिमाथिको कुल उचाइ ३३ मिटर अग्लो हुनेछ । प्रत्येक मास्ट फ्लडलाइटमा २७ वटा साना लाइट हुनेछन् । एउटा लाइटको तौल ३५ केजीको हुन्छ ।

लाइटको तौल र सङ्ख्यालाई गुणन गर्ने हो भने एउटा मास्ट फ्लडलाइटको कूल तौल ९ सय ४५ केजी पुग्छ ।

मास्ट फ्लडलाइटको तौल थेग्नलाई पाइल फाउन्डेशन प्रविधिको प्रयोग अनिवार्य हुन्छ । पाइल फाउन्डेशन प्रविधिको लागि जमिनमुनि १० मिटर लम्बाइका ४ वटा पेडेस्टल पाइलहरूलाई जाली बनाएर राखिन्छ ।

४ वटा पाइलको माथिल्लो भागमा पाइल क्याप राखिन्छ । पाइल क्याप राख्नको निम्ति क्यापको आकारभन्दा २ गुणासम्मको ठूलो खाल्डो खन्नुपर्छ ।

मैदानको बाहिरपट्टि चारै वटा कुनामा राखिनुपर्ने मास्ट फ्लडलाइटका लागि पाइल क्याप राख्नलाई जमिनमा खाल्डो खन्न ठाउँ नपुगेको कारण रंगशालाको दक्षिण–पूर्व भागको पूरानो र उत्तर–पूर्व भागको नयाँ प्याराफिटको केही भागहरू भत्काएर काम सुरु गरिएको छ ।

jackson ribon