birat ribon

आज म्यानचेस्टर युनाइटेड र चेल्सीको महाभिडन्त हुँदै

Neuro
आज म्यानचेस्टर युनाइटेड र चेल्सीको महाभिडन्त हुँदै

विराटनगर, ५ फागुन । इंग्लिस प्रिमियर लिगमा आज म्यानचेस्टर युनाइटेड र चेल्सीको महाभिडन्त हुँदैछ ।

Padelux insider
cura insider

नेपाली समयानुसार राति १ः४५ बजेबाट सुरु हुने उक्त खेल चेल्सीको मैदानमा हुनेछ ।

स्टाम्फोर्ड ब्रिजमा हुने यस खेलमा दुवै टोली आफूभन्दा अगाडि रहेका टोलीविरुद्ध अंकदूरी छोट्याउने दाउमा हुनेछन् ।

जारी लिगको अंक तालिकामा चेल्सी चौथो तथा युनाइटेड नवौं स्थानमा छन् ।

२५ खेल खेलेको चेल्सीसँग ४१ अंक छ भने समान खेलबाट युनाइटेडले ३५ अंक बटुलेको छ ।

आजको खेलमा चेल्सीले तेस्रो स्थानको लेइस्टर सिटीसँगको अंकदूरी छोट्याउने लक्ष्य लिएको छ । तेस्रो स्थानको लेइस्टरसँग ५० अंक छ ।

यता, युनाइटेड भने चेल्सीलाई उसैको मैदानमा हराउँदै सातौं स्थानमा उक्लने दाउमा हुनेछ ।

चेल्सीलाई हराएमा युनाइटेडले ३८ अंक बनाउँदै सातौं स्थान बनाउनेछ ।

jackson ribon