birat ribon

एसीसी इस्टर्न रिजन : नेपालको पहिलो प्रतिद्वन्द्वी मलेसिया

Neuro
एसीसी इस्टर्न रिजन : नेपालको पहिलो प्रतिद्वन्द्वी मलेसिया

विराटनगर, ५ फागुन । थाइल्याण्डमा आयोजना हुने एसीसी ईस्टर्न रिजन पुरुष टी–२० क्रिकेट २०२०को खेल तालिका सार्वजनिक भएको छ ।

Padelux insider
cura insider

एसियन क्रिकेट काउन्सिल (एसीसी) ले सार्वजनिक गरेको खेल तालिका अनुसार पहिलो खेलमा नेपालले चिरप्रतिद्वन्दी मलेसियाको सामना गर्ने भएको छ । २९ फेब्रुअरीमा बैंककस्थित एशियन ईन्सटिच्युटको मैदानमा हुने दोस्रो खेलमा नेपालले मलेसियाको सामना गर्दै प्रतियोगिता सुरु गर्नेछ ।

प्रतियोगितामा नेपालसहित थाइल्याण्ड, मलेसिया, सिंगापुर र हङकङले प्रतिस्पर्धा गर्ने छन् । यस्तै, प्रतियोगिताको दोस्रो खेलमा नेपालले १ मार्चमा हङकङसँग खेल्नेछ । ४ मार्चमा थाइल्याण्डसँग तेस्रो खेल खेल्ने नेपालले प्रतियोगिताको अन्तिम खेल ६ मार्चमा सिंगापुरविरुद्ध खेल्नेछ ।

राउन्ड रोविनका आधारमा खेलाईने प्रतियोगिताको शीर्ष दुई टोलीले एसिया कप छनोटमा स्थान बनाउने छन् । प्रतियोगिताको लागि नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार ज्ञानेन्द्र मल्लको कप्तानीमा चौध सदस्यीय नेपाली टोलीको घोषणा गरिसकेको छ ।

नेपाली टोलीमा उपकप्तान दिपेन्द्र सिंह ऐरी, पारस खड्का, आरिफ शेख, बिनोद भण्डारी, सन्दीप लामिछाने, करण केसी, अभिनास बोहरा, कुशल मल्ल, पवन सरार्फ, सुशन भारी, किशोर महतो, भुवन कार्की र सन्दीप जोरा रहेका छन् ।

किशोर महतोले नेपाली राष्ट्रिय क्रिकेट टोलीमा पहिलो पटक डेब्यू गर्दा भुवन कार्कीले ५ वर्ष पछि टोलीमा पुनरागमन गरेका छन् । नामिबियामा सम्पत्र भएको आईसीसी डिभिजन २ खेलेका भुवन २०१५ पछि पहिलो पटक टिममा परेका हुन् ।

टोलीका नियमित सदस्य रोहित कुमार पौडेल भने टिमबाट बाहिरिएका छन् । प्रशिक्षक उमेश पटवालले राष्ट्रिय टोलीबाट राजीनामा दिएसँगै नेपाली टोलीलाई जगत बहादुर टमाटाले सम्हाल्ने भएका छन् ।

माधवकुमार कर्माचार्य व्यवस्थापक रहेको टोलीमा विक्रम न्यौपाने फिजियो र रमन शिवाकोटी भिडियो विश्लेषकका रुपमा बैकंक जाने भएका छन् ।

jackson ribon