birat ribon

मौसमी रुघाखोकी तथा ज्वरोबाट बच्ने उपायहरू

Neuro
मौसमी रुघाखोकी तथा ज्वरोबाट बच्ने उपायहरू

विराटनगर, ५ फागुुन । मौसम परिवर्तन भएसँगै रुघाखोकी तथा ज्वरोले सताउन सुरु गरिसकेको छ ।

Padelux insider
cura insider

खासगरी बच्चा, वृद्ध तथा रोग प्रतिरोघात्मक क्षमता कम भएका मानिसहरू छिट्टै संक्रमित भएर बिरामी हुने गर्छन् ।

ज्वरो आउने, टाउको दुख्ने, घाँटी दुख्ने, रुघाखोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने, टन्सिल बढ्ने जस्ता लक्षणका साथ मान्छेहरूमा विभिन्न खालको परिवर्तन आउन थाल्छ ।

रोगसँग लड्न नसक्ने बिरामीहरूलाई झाडापखाला पनि लाग्न सक्छ ।

समयमै निको भएन भने पिनास, निमोनिया, टाइफाइड, टिबी पनि हुनसक्छ ।

सामान्य रुघा खोकी सम्झेर हेलचेक्राई गर्नुभन्दा पनि यसलाई समयमै उपचार गराउन जरुरी हुन्छ ।

मौसम परिवर्तन भएसँगै उक्त समस्याले सताउने हुँदा मौसम परिवर्तन भएको समयमा थप सतर्कता अपनाउनुपर्ने हुन्छ ।

रुघाखोकी तथा ज्वरोबाट ग्रसित बिरामी तथा रोगी व्यक्तिहरू, भीडभाड हुने ठाउँबाट सकभर टाढै बस्नु पर्छ ।

भीडभाड भएको ठाउँमा जानुपर्ने अवस्था आएमा मास्क लगाउने गर्नु पर्छ ।

हात मिलाउनुभन्दा पनि नमस्कार गर्ने बानी बसाउनुपर्छ ।

अरुले प्रयोग गरेका रुमाल, कपडाको प्रयोग नगर्नुका साथै आफूले प्रयोग गरेका रुमालहरूलाई राम्ररी धोएर वा सफा गरेर मात्र पुनः प्रयोग गर्नुपर्छ ।

आँखा, नाक तथा मुखमा अनावश्यक रूपमा हात लैजानु हुँदैन ।

रुघा लागेको अवस्थामा हाछ्यू गर्दा नाक, मुख छोपर गर्नुपर्छ ।

खाना खानुअघि, शौचालयको प्रयोग गरिसकेपछि साबुन पानीले मिचीमिची हात धुने बानी बसाल्नु पर्छ ।

चिसो खानेकुराबाट टाढै रहेर पोषिलो खाने कुरा र प्रशस्त मात्रामा झोलिलो पदार्थको सेवन गर्नुपर्छ ।

ज्वरो रुघाखोकी लाग्नासाथ औषधिको सेवन भने गरिहाल्नु हुँदैन ।

एक वा दुई दिनमा निको नभएको खण्डमा वा स्वास्थ्यमा केही सुधार नभएमा डाक्टरको परामर्श लिएर मात्र औषधिको सेवन गर्नुपर्छ ।

jackson ribon