birat ribon

आफ्नै खेलाडी कुटेपछि प्रशिक्षकलाई ‘रेड कार्ड’

Neuro
आफ्नै खेलाडी कुटेपछि प्रशिक्षकलाई ‘रेड कार्ड’

एजेन्सी, ५ फागुन । इटालियन फुटबलको चौंथो श्रेणीको लिगमा सिरी ‘डी’मा आफ्ना खेलाडीलाई कुटेपछि एक प्रशिक्षकले रातो कार्ड पाएका छन् ।

Padelux insider
cura insider

चौंथो डिभिजन क्लब ग्रोस्सेटोका प्रशिक्षक लाम्बेर्टो माग्रिनीले आफ्नै खेलाडीलाई थप्पड हानेपछि रातो कार्ड पाएका हुन् ।

दुई पक्षका खेलाडीहरू एक–आपसमा संघर्षरत रहेका बेला उनले आफ्नै खेलाडीलाई थप्पड हानेका थिए ।

मोन्टेरोसीविरुद्धको खेलमा मिडफिल्डर रिकार्डो क्रेटेलाको स्थानमा माटिया राभानेलीलाई मैदान पठाएका थिए ।

सब्सीच्यूड हुनुपर्दा रिसाएका रिकार्डोमाथि गालातमा थप्पड बजारेका थिए ।

त्यसपछि खेल रेफ्रीले उनलाई रातो कार्ड दिँदै मैदानबाहिर पठाए ।

उक्त घटनामा उनलाई रातो कार्ड मात्र देखाइए पनि क्लबले भने उनलाई बर्खास्त गर्न सक्ने बताइएको छ ।

jackson ribon