काठमाडौं, ५ फागुन । निवर्तमान सभामुख कृष्णबहादुर महराले जवरजस्ती करणी उद्योग मुद्दामा सफाइ पाएका छन्

सोमबार जिल्ला अदालत काठमाडाैंका न्यायाधीश अम्बरराज पौडेलको इजलासले पूर्वसभामुख महरालाई सफाइ दिएको हो ।
श्रेष्तेदार आनन्दप्रसाद श्रेष्ठका अनुसार सोमबार जिल्ला न्यायाधीश पौडेलको इजलासले महरालाई सफाइ दिएको हो ।
महराको पक्षबाट रमण श्रेष्ठ, शेरबहादुर केसी, लभ मैनाली, दीनमणि पोखरेल, भीमार्जुन आचार्यलगायतले बहस गरेका थिए भने सरकारी पक्षबाट उमाकान्त खनाललगायत वकिलहरूले जवाफ दिएका थिए ।
महराविरुद्ध संघीय संसद् सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीमाथि बलात्कारको प्रयास गरेको आरोपमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको थियो ।