भात खाएमा मोटोपनाको समस्या घट्ने

विराटनगर, ५ फागुन । भात खाएर मोटोपनको समस्या घट्न सक्ने एक अध्ययनले देखाएको छ ।

जापानमा गरिएको अनुसन्धानले औसत रूपमा भात खाने मानिसहरूको मोटोपन घटाउन सजिलो हुने निस्कर्ष निकालेका छन् ।

Processed with VSCO with a6 preset

उक्त अध्ययनका अनुसार एक कपको लगभग एक चौथाई भात खाने मोटोपनको समस्या मानिसलाई तौल घटाउन सजिलो हुने पत्ता लागेको हो ।

जंक फुडको अत्यधिक सेवनले तौल बढ्ने हुँदा अनुसन्धानको नेतृत्व गरेका तोमोको इमाईले शरीरको अनावश्यक तौल बढ्नबाट रोक्नका लागि भात खानु उचित हुने बताए ।

चामलका दानाबाट प्राप्त हुने फाइबर, पौष्टिक तत्व र विरुवाजन्य पदार्थले पेट भरिएको अनुभूति गराउने र थप खान मन नलाग्ने हुँदा तौल घट्ने उनले थपे ।

चामलबाट बनेका सबै उत्पादन, सेतो र खैरो चामल, चामलको पीठो र ती चामलजन्य सबै चिजको अध्ययन गरि १ सय ३६ राष्ट्रका १० लाखभन्दा बढी मानिसमा अनुसन्धान गरिएको थियो ।

अनुसन्धानपछि भातको बढी उपभोग गर्ने राष्ट्रहरूका मानिसहरूमा मोटोपनाको समस्या कम रहेको अनुसन्धानकर्ताहरूले पत्ता लगाएका हुन् ।

त्यस्तै, भातको कम उपभोग गर्ने देशहरूमा मोटोपनाको समस्या बढी रहेको पाएका हुन् ।

दैनिक खानाका रूपमा भात खाने गर्दा मोटोपनाको दर कम हुने अनुसन्धानबाट पुस्टि भएको छ ।

Loading...