इलाम, ५ फागुन । शहीद स्मारक ‘ए’ डिभिजन लिगको विजेता मछिन्द्र क्लब र उपविजेता तथा विभागीय टोली त्रिभुवन आर्मी क्लबले माइभ्याली गोल्डकप खेल्ने भएका छन् ।
१५ देखि २४ फागुनसम्म हुन लागेको छैटौं संस्करणको माइभ्याली गोल्डकपमा यी दुई टोलीले खेल्ने भएका हुन् ।
इलामको ठूलो टुँडिखेलमा हुने प्रतियोगितामा मछिन्द्र र आर्मीका साथै १० टिमले प्रतिस्पर्धा गर्नेछन् ।

आयोजक माइभ्याली फुटबल क्लब इलामले खेलतालिका सार्वजनिक गरेको छ ।
उद्घाटन खेलमा नागाल्याण्डको कोहीमा इगल्स र रुपन्देशीको गोर्खा ब्याइज क्लबले खेल्ने भएका छन् ।
यस संस्करणको विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने छन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख २५ हजार प्राप्त गर्ने छन् ।
माइभ्याली गोल्डकप मोफसलमा हुने प्रतियोगिताहरूमा सर्वाधिक धेरै दर्शक हुने प्रतियोगिताका रूपमा लिइन्छ ।
