टोलीलाई उपाधि दिलाएर स्वदेश फर्किइन् सावित्रा

काठमाडौं, ५ फागुन । भारतीय महिला लिग (आइ लिग) मा आफ्नो टोलीलाई उपाधि दिलाएर राष्ट्रिय महिला टोलीकी स्ट्राइकर सावित्रा भण्डारी स्वदेश फर्किएकी छन् ।

आफू सम्मेलित टोली गोकुलम केरेला एफसीलाई उपाधि दिलाउन निर्णायक गोल गरेकी उनी सोमबार स्वदेश फर्किएकी हुन् ।

शुक्रबार भएको फाइनल खेलमा क्रिप्सा एफसीलाई ३–२ गोलले हराउँदै गोकुलमले उपाधि जितेको थियो ।

बैंगलोर फुटबल स्टेडियममा भएको फाइनल खेलमा गोकुलमलाई जिताउन सावित्राले निर्णायक गोल गरेकी थिइन् ।

२–२ गोलको बराबरीमा रहेको खेलमा गोल गर्दै सावित्राले टोलीलाई उपाधि दिलाएकी हुन् ।

उनी उक्त प्रतियोगिताको सर्वाधिक गोलकर्ता पनि बनेकी थिइन् ।

यस सिजन १६ गोल गरेकी उनलाई सर्वाधिक गोलकर्ताको अवार्ड दिइएको थियो ।

लिगको उच्च गोलकर्ता बनेकी सावित्राले १ लाख भारतीय रुपैयाँ प्राप्त गरिन् ।

गोकुलमको सबै जितमा केन्द्रमा रहेकी उनी सोमबार स्वदेश फर्किएकी हुन् ।

यस्तै उनीसँगै राष्ट्रिय टोली तथा एपिएफकी खेलाडी अनिता बस्नेत पनि स्वदेश फर्किएकी छन् ।

सावित्रासँगै उनी पनि सोमबार स्वदेश फर्किएकी हुन् । अनिताको टोली भने सेमिफाइनलबाटै आउट भएको थियो ।

सेमिफाइनलमा सावित्राको टोली गोकुलमसँग पराजित भएपछि अनिताको टोली सेथु बाहिरिएको हो ।

Loading...