छालाको रंगअनुसार लिपस्टिकको छनोट

विराटनगर, ५ फागुन । महिलाहरूले आफूलाई आकर्षक देखाउनका लागि लिपस्टिक प्रयोग गर्ने गर्छन् । मेकअपको प्रयोग गर्दा लिपस्टिकको भूमिका महत्वपूर्ण हुन्छ ।

लिपस्टिकको प्रयोग गर्ने तरिका तथा नहुँदा वा राम्रो गुणस्तरको लिपस्टिकको प्रयोग नगर्दा कुरुप देखिनुका साथै साइड इफेक्ट पनि हुन सक्छ ।

oth

गलत प्रकारको लिपस्टिकको प्रयोगले सौन्दर्य बिगार्न सक्ने हुँदा छालाको रङ अनुसारको लिपस्टिक छनोट गर्नु पर्छ ।

आफ्नो अनुहार र छालालाई सुहाउने रंगको म्याट वा ग्लास लिपस्टिक लगाउन सकिन्छ ।

रातो रङको लिपस्टिकले प्रायजसो महिलाहरूलाई म्याच गर्ने गर्छ ।

त्यसैले, कुनै विशेष दिन तथा पार्टीहरूमा जाँदा अधिकांश महिलाहरूले रातो रंगको लिपस्टिकको प्रयोग गर्ने गर्छन् ।

लिपस्टिक लगाउँदा अनुहारको ब्राइटनेसमा विशेष ध्यान दिनुपर्छ ।

गोरो छालामा जुनसुकै रङ पनि खुल्छ ।

गोरी महिलाहरूलाई पिच कलर, न्युड पिंक, न्युड सेड वा हल्का बैजनी रङको सेडवाला लिपस्टिक प्रयोग गर्न सकिन्छ ।

महिलाको छालामा गाढा देखिन्छ भने गहिरो सेड भएको लिपस्टिकको छनोट गर्नुपर्छ ।

छालाको रङ न्युट्रल भएको अवस्थामा गहिरो गुलाबी या बैजनी रङको लिपस्टिक प्रयोग गर्न सकिन्छ ।

गहुँगोरो रङको छालामा मरुन तथा ब्राउन रङको लिपस्टिक लगाउन सकिन्छ ।

मिडियम खालको छालामा हल्का गुलाबी सेडवाला लिपस्टिक राम्रो हुन्छ ।

गहुँगोरो रङको महिलालाई भने गहिरो या चम्किलो रङको लिपस्टिकले खुलाउँछ ।

कालो छाला भएकोहरूले लाइट कलर लगाएको खासै राम्रो नदेखिने हुँदा उनीहरूले सकेसम्म हल्का गुलाबी रंगको लिपस्टिकको प्रयोग गर्नु हुँदैन ।

Loading...