birat ribon

ओठको कालोपन हटाउने प्राकृतिक उपाय

Neuro
ओठको कालोपन हटाउने प्राकृतिक उपाय

विराटनगर, ५ फागुन । सौन्दर्यमा महत्वपूर्ण भूमिका राख्ने ओठ पनि कहिलेकाँही कालो हुन सक्छ ।

Padelux insider
cura insider

पटक–पटक ओठलाई छुने गर्दा ओठ सुक्खा हुने वा ओठको रंग नै परिवर्तनसमेत हुने गर्छ ।

यसरी पटक–पटक ओठमा हात लगाउने बानीले गर्दा मुखमा विभिन्न किसिमका ब्याक्टेरियाहरू प्रवेश गरेर पेटसम्म पुग्ने खतरा हुन्छ ।

लिपिस्टिक लगाएर सुत्ने गर्दा पनि ओठको प्राकृतिक ओस सोछेर ओठ फुट्ने तथा ओठ कालो हुने समस्या सुरु हुन थाल्छ ।

शरीरमा पानीको कमी हुँदा ओठ सुक्ने गर्छ ।

शरीरमा भिटामिन ‘बी’, आइरन वा फोलेटको कमीले ओठ सुक्ने, फुट्ने तथा ओठको रंगमा परिवर्तन आइ कालो हुने समस्या देखा पर्छ ।

ओठको कालोपन लुकाउनका लागि महिलाहरूले लिपिस्टिक वा अन्य विभिन्न सौन्दर्यका सामाग्रीहरू प्रयोग गर्ने गर्छन ।

तर, यस्ता समाग्रीले ओठको कालोपन हट्नुको साटो झन् बढेर जाने गर्छ ।

त्यसैले, ओठको कालोपनलाई हटाउनका लागि घरमा सजिलोसँग पाइने प्राकृतिक कुराहरूको प्रयोग गर्न सकिन्छ ।

महको प्रयोगले केही दिनमै ओठ चमकदार र मुलायम र गुलाबी हुन्छ ।

थोरै महलाई आफ्नो औंलामा लिएर बिस्तारै ओठमा लगाउनुहोस् वा महमा थोरै चिनी मिसाएर ओठमा स्क्रब गर्नुस् ।

दिनमा दुई पटक यो उपाय अपनाउनाले केही दिनमै ओठको बाहिरी छाला हराएर सकारात्मक असर देखिनेछ । महको साटो दूधको छाली पनि प्रायो गर्न सकिन्छ ।

सुत्नुअगाडि थोरै मात्रामा गिल्सिरिन लगाएर सुत्दा नि फुटेको ओठ र कालो ओठको समस्या हटेर जान्छ । यदि ओठ पूरै फुटेको छ र कालोपन पनि निकै नै छ भने जैतूनको तेल अर्थात् खाने ओलिभ आयलमा भ्यासलिन मिसाएर दिनमा पटक–पटक लगाएमा ओठ चिरिएको निको हुनुका साथै ओठ हल्का गुलाबी पनि हुन्छ ।

jackson ribon