विराटनगर, ५ फागुन । पाकिस्तानी क्रिकेट टिमका पूर्वकप्तान शाहिद अफ्रिदी पाँचौ पटक बुवा बनेका छन् ।
शाहिदलाई पत्नीबाट पाचौंपटक सन्तानलाभ भएको हो ।
सन्तानका रूपमा पुत्री प्राप्त भएको छ ।
सामाजिक सञ्जाल ट्वीटरमार्फत् अफ्रिदीले आफ्नो चार छोरीसँगै हालै जन्मिएकी छोरीलाई बोकेर खिचेको फोटो सार्वजनिक गरेका हुन् ।
चार छोरीपछि पनि पाँचौ सन्तानको रूपमा छोरी नै प्राप्त भएकोमा भगवान्लाई धन्यवाद दिँदै पाकिस्तानी टिमका अलराउण्डर अफ्रिदीले आफ्नो खुशी ब्यक्त गरेका छन् ।
आफ्रिदीका चार छोरीहरू अक्सा, अन्शा, अजवा र असमारा हुन् ।
उनको परिवारमा चलिरहेको परम्परालाई कायम गर्दै अलराउन्डरले आफ्ना प्रशंसकलाई परिवारको कान्छो सदस्यको लागि ‘अ’ बाट सुरु हुन चाहेको नाम बताउन आग्रह गरेका छन् ।
‘अ’ को साथ हाम्रो नयाँ आगमनको लागि सिफारिशहरू पठाउनुहोस् र त्यसबाट चयन गरेको विजयी नामले पुरस्कार पाउने भन्दै उनले आफ्नो ट्वीटरमा ट्वीट गरेका छन् ।