birat ribon

रोनाल्डोपछि रामोस रियलका ‘पेनाल्टी किङ’

Neuro
रोनाल्डोपछि रामोस रियलका ‘पेनाल्टी किङ’

एजेन्सी, ५ फागुन । स्पेनिस क्लब रियल मड्रिडका कप्तान सर्जियो रामोस पूर्वखेलाडी क्रिस्टियानो रोनाल्डोपछि क्लबका ‘पेनाल्टी किङ’ बनेका छन् ।

Padelux insider
cura insider

गए राति सेल्टा भिगोविरुद्ध पेनाल्टीमा गोल गरेका रामोसले यस सिजन चार वटा पेनाल्टी प्रहार गरेका छन् ।

स्पेनिस लिगमा उपाधि दाबेदार मानिएको रियल मड्रिड सेल्टासँग २–२ गोलको बराबरीमा रोकिएको थियो ।

आइतबार राति सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलका लागि टोनी क्रुस र सर्जियो रामोसले समान एक–एक गोल गरे ।

रामोसले खेलका ६५औं मिनेटमा रियलले पाएको पेनाल्टीको सदुपयोग गर्दै गोल गरेका थिए ।

रोनाल्डोको बहिर्गमनपछि पेनाल्टी प्रहारका लागि रामोस पहिलो रोजाइमा आउँछन् ।

पछिल्लो सिजन उनले आठ वटा पेनाल्टी प्रहार गरेका थिए, जसमा उनले आठै गोल गरे ।

रोनाल्डो युभेन्टस गएपछि रामोसले पेनाल्टीबाट १२ गोल गरेका छन् ।

रामोसले सन् २०१८ मा सेभिल्लाविरुद्धको खेलबाट रियलका लागि पेनाल्टी प्रहार गर्न सुरु गरेका थिए । त्यसपछि उनले लगातार १८ गोल पेनाल्टीमा नै गरेका छन् ।

त्यसअघि भने रोनाल्डोले पेनाल्टीको मौका पाउँथे ।

रामोस ला लिगामा धेरै गोल गर्ने डिफेन्डर पनि हुन् ।

२२ खेलमा ५ गोल गरेका उनी यस सिजनको ला लिगामा धेरै गोल गर्ने डिफेन्डर बनेका हुन् ।

रामोसले अघिल्लो सिजन ६ गोल गरेका थिए भने त्यसअघि ४ गोल गरेका थिए ।

jackson ribon