काठमाडौं । बलात्कारको अभियोगमा पुर्पक्षको लागि थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको मुद्दामा आज फैसला हुँदै छ ।
उनको मुद्दामा काठमाडौं जिल्ला अदालतले आज (सोमबार) फैसला गर्दैछ ।
आइतबार महराको अन्तिम सुनुवाइ भएपनि समय अभावले फैसला भने हुन सकेन् ।
महराको पक्षबाट रमणकुमार श्रेष्ठ, शेरबहादुर केसी, भीमार्जुन आचार्य, लव मैनालीलगायतले बहस गरेका थिए ।
काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठले महरामाथि लागेको अभियोगबारे सम्भवतः आज (सोमबार) फैसला आउने बताए ।
संसद् सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयास गरेको अभियोगमा महरालाई मुद्दा लगाइएको हो ।
महरा पुर्पक्षका लागि डिल्लीबजार कारागारमा छन् ।