विराटनगर, ५ फागुन । सुतेको समयमा थाहा नै नपाई मुखबाट निस्किने र्यालले सिरानी समेत भिजाइरहेको हुन्छ ।
अधिकांश मानिसहरूलाई सुतेको अवस्थामा मुखबाट र्याल चुहिने समस्या हुने गर्छ । सुतेको अवस्थामा मुख आ हुन गइ मुखबाट र्याल निस्केको थाहा पनि हुदैन ।
उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर र्याल बन्ने हुदा मुख खोलेर सुत्ने मानिसको मुखबाट चुहिने गर्छ ।
र्याल चुहिने समस्याले गर्दा मानिसलाई नयाँ ठाउँमा गएर सुत्न निकै अप्ठ्यारो हुन्छ ।
सुतेको समयमा शरीरमा गर्मि हुदा, खानेकुराको एलर्जी हुँदा, औषधिको इफेक्टले, सुतेको नमिल्दा, सास फेर्न गार्हो भएको समयमा आ गर्दा मुख बाट धेरै र्याल चुहिने गर्छ ।
र्याल चुहिने समस्याको समाधान नपाएका कारणले मानिसहरू चिन्तित समेत हुन्छन् ।
तर, केहि कुरामा ध्यान दिएर उक्त समस्यालाई घटाउन सकिन्छ ।
रातिको खानामा नपच्ने खानेकुरा, शरीरलै इफेक्ट पार्ने औषधिको सेवन गर्नु हुदैन ।
खाना खाएर सुत्नु अगाडी २/३ तुलसीको पात चपाएर पानी पिउने गर्दा समस्या हटेर जान्छ ।
अमलाको धूलो बनाएर मनतातो पानीमा हालेर पिउने गर्दा मुखबाट र्याल चुहिने समस्या घट्दै जानुका साथै एसिडिटीको समस्या पनि हटेर जान्छ ।
चियामा दालचिनीको प्रयोगले पनि र्याल चुहिने समस्यालाई हटाउने गर्छ ।
सुत्नुअघि फिटकिरी पानीले मुख कुल्ला गर्दा मुखमा र्याल बन्न पाउँदैन र मुख गनाउने समस्याको पनि समाधान हुन्छ ।