विराटनगर, ५ फागुन । अघिल्लो वर्ष ८.३१ प्रतिशतले घटेको तरकारीदेखि गेडागुडीसम्मको मूल्यवृद्धि दर यो आर्थिक वर्षको ६ महिनामा यतिधेरै आकासिएको हो ।
कान्तिपुर दैनिकमा ४८ प्रतिशतमम्म शीर्षकमा मुख्य खबर छ ।
राष्ट्र बैंकको प्रतिवेदन अनुसार यो वर्षको ६ महिनामा ४८.२४ प्रतिशतसम्म मूल्यवृद्धि बढेको छ ।
प्रतिवेदनमा गत पुसमा खाद्य तथा पेय पदार्थ, दलहन, तरकारी, मसला, गेडागुडी र फलफूलको उच्च मूल्यवृद्धि थियो ।
समग्र मूल्यवृद्धि दर भने ६.८२ प्रतिशत पुगेको छ ।
नयाँ पत्रिका दैनिकमा सरकारको लक्ष्य साढे ८ प्रतिशत आर्थिकवृद्धि दर हासिल गर्ने भएपनि आर्थिक वृद्धिदर भने साढे ४ प्रतिशत मात्रै रहेको समाचार ‘आर्थिक वृद्धिदर साढे ४ प्रतिशत मात्रै’ शीर्षकमा मुख्य खबर छापिएको छ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासिकको उपलब्धि निराशाजनक भएको कारण सरकारको दबाबमा केन्द्रीय तथ्यांक विभागले सार्वजनिक नै नगरेको समाचारमा उल्लेख छ ।
सोही अवधिमा सरकारले खर्च गर्न नसकेर अढाई अर्ब रुपैयाँ सरकारी ढुकुटीमा थन्किएको छ ।
केन्द्र र प्रदेश सरकारले ६ महिनामा १५ प्रतिशतमात्रै पुँजीगत खर्च गरेका छन् ।
६ महिनाको अवधिमा वैदेशिक रोजगारीमा जानेको संख्या बढेको छ ।
तर रेमिट्यान्स भने अघिल्लो वर्षको ६ महिनाको तुलनामा ०.९ प्रतिशतले मात्रै बढेको छ ।
सम्पत्ति सुद्धीकरणको पत्रले व्यवसाइि आतंकित शीर्षकमा नागरिक दैनिकमा मुख्य खबर छ ।
विभागले केही उद्योगी व्यवसायीसँग आर्थिक कारोबारको विवरण मागेको छ ।
यसबाट उद्योगि व्यवसायी त्रसित बनेका छन् । कार्थिक कारोबारका सबै विवरण उद्योगी व्यवसायीले कर कार्यालयमा पेस गर्दै आएका छन् ।
सम्पत्ति सुद्धीकरण अनुसन्धान विभागले यी सबै विवरण कर कार्यालयबाट पनि लिन सक्ने भएपनि उद्योगी व्यवसायीसँगै माग गरेपछि निजी क्षेत्र त्रासमा परेको हो ।
चीनको हुबेई प्रान्तको वुहानबाट उद्दार गरेर ल्याइएकाहरुको समाचार अन्नपूर्ण पोष्टमा ‘खरिपाटीले भुलायो वुहानको पीडा’ शीर्षकमा मुख्य समाचार छ ।
ल्याइएकाहरुको ‘मुहार हेर्न अभिभावक आतुर’ शीर्षकमा अन्नपूर्ण पोष्टमा नै अर्काे खबर छ ।
खरिपाटीको क्वारेन्टाइनमा आफूहरु रमाइलोसँग बसिरहेको उनीहरुले बताएका छन् । कोही खेलेर र कोही हिडँडुल गरेर दिन बिताइरहेका छन् ।