birat ribon

सन हिउङ–मिन चम्किँदा टोटनह्यामको जित

Neuro
सन हिउङ–मिन चम्किँदा टोटनह्यामको जित

विराटनगर, ५ फागुन । इंग्लिस प्रिमियर लिगमा टोटनह्यामले जित निकालेको छ ।

Padelux insider
cura insider

आइतबार राति भएको खेलमा टोटनह्यामले एस्टोन भिल्लाविरुद्ध ३–२ गोलको जित निकालेको हो ।

भिल्लाको मैदानमा भएको खेलमा पाहुना टोलीलाई जिताउन सन् हिउङ मिन र टोबी अल्डरवेइल्डले समान एक–एक गोल गरे ।

खेलमा भिल्लाले आत्मघाती गोलबाट सुरुआती अग्रता बनाएको थियो ।

खेलको नवौं मिनेटमा टोबी अल्डरवेइल्डले आफ्नै पोस्टमा गोल गरेपछि भिल्लाले अग्रता बनाएको थियो ।

तर, खेलको २७औं मिनेटमा टोबी अल्डरवेइल्डले नै गोल गर्दै खेल बराबरीमा ल्याए ।

पहिलो हाफको इन्जुरी समयमा हिउङ–मिनले गोल गर्दै टोटनह्यामलाई अग्रता दिलाए ।

त्यसपछि खेलको ५३औं मिनेटमा भिल्लाका बिजोन इगल्सले गोल गरेपछि खेल २–२ गोलको बराबरीमा आयो ।

तर, खेलको इन्जुरी समयमा हिउङ–मिनले गोल गर्दै टोटनह्यामलाई ३–२ गोलको जित दिलाए ।

यस जितसँगै पाँचौं स्थानको टोटनह्यामले २६ खेलबाट ४० अंक बनाएको छ । पराजित, भिल्ला भने २५ अंकका साथ १७औं स्थानमा छ ।

jackson ribon