विराटनगर, ५ फागुन । इंग्लिस प्रिमियर लिगमा आर्सनलले शानदार जित निकालेको छ ।
आइतबार राति भएको खेलमा आर्सनलले न्यूकासलविरुद्ध ४–० गोलको शानदार जित निकालेको हो ।

आर्सनलकै मैदानमा भएको खेलमा घरेलु टोलीलाई जिताउन पेइर्रे–इमकिर औबामेयाङ, निकोलास पेपे, मेसुट ओजिल र एलेक्जान्ड्रे लाकाजेट्टेले समान एक–एक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको दोस्रो हाफमा नै आर्सनलले चार गोल गरेको हो ।
औबामेयाङले खेलको ५४औं मिनेटमा, पेपेले ५७औं मिनेटमा, ओजिलले ९०औं मिनेटमा र लाकाजेट्टे इन्जुरी समयमा गोल गरेपछि आर्सनलले शानदार जित निकालेको हो ।
यस जितसँगै आर्सनलले २६ खेलबाट ३४ अंक जोडेको छ ।
ऊ हाल दसौैं स्थानमा छ ।
पराजित न्यूकासल भने ३१ अंकका साथ तेह्रौं स्थानमा छ ।