birat ribon

रियल मड्रिड बराबरीमा रोकियो, बार्सिलोनलाई फाइदा

Neuro
रियल मड्रिड बराबरीमा रोकियो, बार्सिलोनलाई फाइदा

विराटनगर, ५ फागुन । स्पेनिस लिगमा उपाधि दाबेदार मानिएको रियल मड्रिड बराबरीमा रोकिएको छ ।

Padelux insider
cura insider

आइतबार राति भएको खेलमा रियल सेल्टा भिगोसँग २–२ गोलको बराबरीमा रोकिएको हो ।

आफ्नै मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलका लागि टोनी क्रुस र सर्जियो रामोसले समान एक–एक गोल गरे ।

यता, सेल्टाका फाइडोर स्मोलोभ र सान्टि मिनाले एक–एक गोल गरे । खेलको सातौं मिनेटमा पाहुना टोलीले सुरुआती अग्रता बनाएको थियो ।

स्मोलोभले गोल गर्दै पहिलो हाफभरि सेल्टालाई अग्रता दिलाएका थिए ।

यस्तै खेलको ५२औं मिनेटमा क्रुसले गोल गर्दै रियललाई बराबरीमा फर्काए ।

खेलका ६५औं मिनेटमा रियलले पेनाल्टीको मौका पाएको थियो, जसमा रामोसले गोल गर्दै घरेलु टोलीलाई २–१ गोलको अग्रता दिलाए ।

तर, खल सकिन पाँच मिनेट मात्र बाँकी रहेको समयमा सेल्टाका सान्टि मिनाले गोल गर्दै खेल २–२ गोलको बराबरीमा सकाए ।

यस बराबरीसँगै शीर्ष स्थानमा रहेको रियलले २४ खेलबाट ५३ अंक बनाएको छ । १७ औं स्थानको सेल्टाले २१ अंक बनाएको छ ।

यस बराबरीले डिफेन्डिङ च्याम्पियन बार्सिलोनालाई फाइदा पुगेको छ । दोस्रो स्थानमा रहेको बार्सिलोनासँग ५२ अंक छ ।

jackson ribon