birat ribon

इन्टरलाई हराउँदै लाजियो सिरी ‘ए’को दोस्रो स्थानमा

Neuro
इन्टरलाई हराउँदै लाजियो सिरी ‘ए’को दोस्रो स्थानमा

विराटनगर, ५ फागुन । इटालियन सिरी ‘ए’मा उपाधि दाबेदार मानिएको इन्टर मिलान पराजित भएको छ ।

Padelux insider
cura insider

आइतबार राति भएको खेलमा इन्टरले लाजियोविरुद्ध २–१ गोलको हार ब्यहोरेको हो ।

लाजियोको मैदानमा भएको खेलमा घरेलु टोलीले इन्टरको सुरुआती अग्रता उल्टाउँदै जित निकालेको हो ।

खेलको ४४औं मिनेटमा इन्टरका अश्ले योङले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए ।

तर, खेलको ५०औं मिनेटमा लाजियो पेनाल्टीको अवसर पाएको थियो, जसमा किरो इम्मोबाइलले गोल गर्दै खेल बराबरीमा ल्याए ।

यस्तै खेलको ६९औं मिनेटमा सर्जेज मिन्किोभिक–सेभिकले गोल गर्दै लाजियोलाई २–१ गोलको जित दिलाए ।

यस जितसँगै ५६ अंक बनाउँदै लाजियो दोस्रो स्थानमा उक्लिएको छ ।

यस्तै लाजियोसँग पराजित इन्टर मिलान भने ५४ अंकका साथ तेस्रो स्थानमा छ । साविकको विजेता युभेन्टस भने ५७ अंकका साथ शीर्ष स्थानमा छ ।

jackson ribon