birat ribon

रोनाल्डोविनाको खेलमा युभेन्टसको जित, उक्लियो शीर्ष स्थानमा

Neuro
रोनाल्डोविनाको खेलमा युभेन्टसको जित, उक्लियो शीर्ष स्थानमा

विराटनगर, ५ फागुन । इटालियन सिरी ‘ए’मा साविकको विजेता युभेन्टसले आफ्नो १८औं जित निकालेको छ ।

Padelux insider
cura insider

आइतबार राति भएको खेलमा युभेन्टुले ब्रेसियाविरुद्ध २–० गोलको जित निकालेको हो

युभेन्टसको घरेलु मैदानमा भएको खेलमा घरेलु टोलीलाई जिताउन पाउलो डेबाला जुआन क्वाडाडोले समान एक–एक गोल गरे ।

खेलको ३७औं मिनेटमा ब्रेसिया १० खेलाडीमा सीमित बनेको थियो ।

फ्लोरियन आएले रातो कार्ड खाँदै मैदानबाहिर गएपछि युभेन्टसले त्यसको फाइदा उठायो । खेलको ३८औं मिनेटमा डेबालाले गोल गर्दै युभेन्टसलाई सुरुआती अग्रता दिलाए । यस्तै खेलको ७५औं मिनेटमा क्वाड्राडोले गोल गर्दै युभेन्टसलाई २–० गोलले जिताए ।

ब्रेसियासँगको खेलमा युभेन्टसका लागि स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले खेलेनन् । उनलाई प्रशिक्षक मौरिजियो सार्रीले आराम दिएका थिए ।

यस जितसँगै युभेन्टस ५७ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । गए राति नै अर्को खेलमा जित निकालेको लाजियो दोस्रो स्थानमा छ । उसँग ५६ अंक छ । यस्तै लाजियोसँग पराजित इन्टर मिलान भने ५४ अंकका साथ तेस्रो स्थानमा छ ।

jackson ribon