दुबई, ४ फागुन । चीनमा कोरोना भाइरसको महामारीले यस वर्ष विश्वव्यापी आर्थिक वृद्धि दरलाई प्रभावित पार्नसक्ने अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले जनाएको छ ।
आईएमएफका प्रमुख क्रिस्टिालिना जर्जिएभाले आइतबार तीव्र र द्रूतदरमा झरेको आर्थिक वृद्धि दर कोरोनाको सङ्क्रमणको प्रभावबाट थप समस्या आउने बताए ।
दुबईमा विश्व महिला मञ्चमा सहभागी हुन आएकी आइएमएफका व्यवस्थापन निर्देशक क्रिश्टिालिना जर्जिएभाले आर्थिक वद्धि दरमा कटौती हुनसक्ने बताइन् । करिब ०.१ देखि ०.२ प्रतिशतले आर्थिक वृद्धिदर कम हुने उनको भनाइ छ ।
करिब एक हजार ६०० व्यक्तिको ज्यान लिइसकेको कोभिड–१९ ले विश्व अर्थतन्त्रमा कति प्रभावित पार्नेछ अहिल्यै पूर्ण अनुमान गरिहाल्न सकिने अवस्था भने नभएको उनको तर्क थियो ।
चीनमा यसको नियन्त्रणमा ढिलाई भयो र विश्व यसबाट थप प्रभावित भयो भने पक्कै पनि वृद्धिदरमा तीब्र कटौती हुने उनको धारणा थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इवान्का र पूर्व बेलायती प्रधानमन्त्री थेरेसा मेसमेत पनि उपस्थित रहेको दुबई फोरममा उनले भनिन्, “हामी अहिले कम उत्पादकता वृद्धि, कम आर्थिक बृद्धि, कम ब्याज दर र कम मुद्रास्फीतिमा अडिएका छौं ।”