आयोजकसँग मनाङको हार

झापा, ४ फागुन । मनाङ मर्स्याङ्दी क्लब तेस्रो संस्करणको सताक्षी गोल्डकप फुटबल प्रतियोगितामा आयोजकसँग १ ० गोल अन्तरले पराजित भएको छ ।

आयोजकसँग पराजित हुँदै मनाङ पहिलो खेलबाटै बाहिरिएको छ ।

झापाको झिलझिलेमा रहेको गणेशमानसिंह अध्ययन प्रतिष्ठान रंगशालामा आइतबार सम्पन्न खेलमा आयोजक सतासीधाम स्पोर्टिङ क्लबसँग मनाङ पराजित भएको हो ।

सहिद स्मारक् ए डिभिजन लिगमा तेस्रो भएको मनाङविरुद्ध जित निकाल्न आयोजकका मनिष थापाले निर्णायक गोल गरे ।

जितसँगै आयोजक सताक्षी क्वाटरफाइनलमा पुगेको छ ।

सतासीधाम स्पोर्टिङ क्लबको आयोजनामा जारी गोल्डकपमा मनाङसहित, थ्री स्टार क्लब, त्रिभुवन आर्मी क्लब, मछिन्द्र फुटबल क्लब, गोर्खा ब्वाइज फुटबल क्लब, बेलबारी फुटबल क्लब मोरङ, आयोजक टिम र भारत दार्जिलिङ एमएफसीले प्रतिश्पर्धा गर्ने छन् ।

प्रतियोगिताको उपाधि विजेताले ६ लाख, उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।

प्रतियोगिताका म्यान अफ दि टुर्नामेन्टले ५० हजार र हाइ स्कोररलाई २५ हजार पुरस्कार रहेको आयोजकले जनाएको छ ।

Loading...