राष्ट्रिय टोलीको बन्द प्रशिक्षण १८ फागुनदेखि

काठमाडौं, ४ फागुन । फिफा विश्वकप छनोट तथा एसियन कप छनोट अन्तर्गत अष्ट्रेलियासँग खेलिने दोश्रो लेगको लागि १८ फागुनबाट बन्द प्रशिक्षण सुरु हुने भएको छ ।

खेलाडीको व्यस्तताको कारण बन्द प्रशिक्षण १८ फागुनबाट गर्न लागिएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

बन्द प्रशिक्षणमा नियमित कप्तान किरण चेमजोङ, फर्वाड बिमल घर्ति मगर र रोहित चन्द हुने छैनन् ।

३१ सदस्सीय टोलीमा प्रतिबन्ध फुकुवा पछि पनि बिमल पर्न नसकेका हुन् ।

३१ मार्चमा नेपालको घरेलु मैदानमा अष्ट्रेलियाको सामना गर्ने छ ।

किरण भारतको आईलिगमा व्यस्त हुँदा रोहित इन्डोनेसियामा पर्सिजा जकार्ताको टिमबाट नयाँ सिजनको तयारी गरिरेहका छन् ।

३१ सदस्सीय प्रारम्भिक टिममा विकेश कुथु, विशाल श्रेष्ठ, एलेन न्यौपाने, रजिन धिमाल, सुमन अर्याल, अमित तामाङ, सरोज दाहाल, अजित भण्डारी अटाएका छन् ।

यस्तै छिरिङ गुरुङ, विकास खवास, अनन्त तामाङ, देबेन्द्र तामाङ, दिलेन लिक्तान, विशाल राई बी, सेसेहाङ आङ्देम्बे पनि प्रारम्भिक टिममा परेका छन् ।

तेज तामाङ, बिक्रम लामा, सुवास गुरुङ, मिक्छेन तामाङ, पुजन उपरकोटी, एरिक विष्ट, सुजल श्रेष्ठ, रबि पासवान, सुनिल बल, अन्जन बिष्ट, जर्ज प्रिन्स कार्की, दर्शन गुरुङ, भरत खवास, नवयुग श्रेष्ठ, आशिष लामा, विमल राना पनि बन्द प्रशिक्षणमा हुने छन् ।

Loading...