महराको मुद्दामा भोली फैसला हुने

काठमाडौं, ४ फागुन । निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि लागेको बलात्कारको मुद्दामा काठमाडौं जिल्ला अदालतले सोमबार फैसला सुनाउने छ ।

आज (आइतबार) सुनुवाई भएको बलात्कार उद्योग कसूर मुद्दामा समय अभावले फैसला हुन नसकेको काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठ बताए ।

महराको मुद्दा समय अभावको कारण हेर्दा हेर्दैमा राखिएको अदालतले जनाएको छ ।

श्रेष्तेदार श्रेष्ठले सम्भवत भोेली (सोमबार) भोलि फैसला आउने बताए ।

आइतबार महराको मुद्दा न्यायाधीश अमरराज पौडेलको इजलासमा सुनुवाइ भएको थियो ।

स‌ंसद सचिवालयकी कर्मचारीमाथि बलात्कारको अभियोगमा महरामाथि मुद्दा लगाइएको छ ।

निवर्तमान सभामुख महरा अहिले पुर्पक्षका लागि डिल्लीबजार कारागारमा छन् ।

Loading...