birat ribon

राष्ट्रसंघका महासचिव पाकिस्तान भ्रमणमा

Neuro
राष्ट्रसंघका महासचिव पाकिस्तान भ्रमणमा

इस्लामावाद, ४ फागुन । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस चार दिने भ्रमणका लागि पाकिस्तान पुगेका छन् ।

Padelux insider
cura insider

उनी आइतबार पाकिस्तानको राजधानी इस्लामावाद आइपुगेका हुन् ।

महासचिवमा निर्वाचित भएपछि उनी पहिलो पटक पाकिस्तान पुगेका हुन् ।

भ्रमणका क्रममा उनले पाकिस्तानका प्रधानमन्त्री इमरान खान र विदेश मन्त्री मोहमद कुरेशीलाई पनि भेट्ने छन् ।

भेटका क्रममा उनहरुका बीचमा मुख्य गरेर जलवायु परिवर्तनको बारेमा छलफल हुने बताइएको छ । आइतबार नै भेटवार्ता हुने बताइएको छ ।

राष्ट्रसंघीय प्रमुख गुटेर्रेसले सोमबार अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्ने छन् ।

अफगान शरणार्थीका बारेमा पाकिस्तान सरकार र राष्ट्रसंघीय शरणार्थी उच्चायोगको कार्यालय (युएनएचसिआर) ले संयुक्त रुपमा आयोजना गरेको ४० औँ वार्षिक कार्यक्रमलाई उनले सम्बोधन गर्ने छन् ।

सम्मेलनमा पाकिस्तानी राष्ट्रपति अरिफ अल्भी पनि सहभागी हुने हुनेछन् । सम्मेलन दुई दिनसम्म चल्नेछ ।

महासचिव गुटेर्रेसले स्थानीय विद्यार्थीहरुलाई भेट्ने गरी पाकिस्तानको अर्को ठूलो सहर लाहोरको पनि भ्रमण गर्ने छन् ।

jackson ribon