‘नीरफुल’को ‘तिमी बदनामी’ सार्वजनिक (भिडियोसहित)

नीरफुलको पहिलो गीत रिलिज भएको छ । सार्वजनिक गरिएको ‘तिमी बदनामी’ बोलको गीतमा अभिनेत्री रेखा थापालाई प्रस्तुत गरिएको छ ।

भिडियोमा रेखालाई डान्स बारमा गीत गाउने गायिकाको रुपमा देख्न सकिन्छ ।

सार्वजनिक गरिएको गीतलाई फिल्मका निर्देशक फूलमान बलको शब्दमा संगीतकार अर्जुन पोखरेलले तयार गरेका हुन् ।

गायिका दुर्गा खरेलको स्वर रहेको गीतका कोरियोग्राफ्र राजेन्द्र राजबहाक हुन् । भिडियोमा अभिनेत्री शान्ति वाईवालाई भूकम्पपछि जीवन यापनका लागि डान्सबारमा काम गर्न बाध्य भएको देखाइएको छ । फिल्म २०७२ को महाभूकम्पमा विछोडिएको परिवारले पुर्नमिलनको लागि गर्ने संघर्ष गर्ने कथामा आधारित रहेको छ ।

फिल्ममा दयाहाङ राई, बुद्दि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, लक्ष्मी बर्देवा लगायतको अभिनय रहेको छ ।

सचिन घिमिरे र निर्देशक वलले संयूक्तरुपमा लेखेको पटकथामा प्रमोद कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहेको छ ।

फिल्मलाई ३० फाल्गुनमा रिलिज गर्ने निर्माण टिमले तय गरेको छ ।

Loading...