birat ribon

अरुणमा जडान गरिएको फेरी बिग्रियो

Neuro
अरुणमा जडान गरिएको फेरी बिग्रियो

भोजपुर, ४ फागुन । भोजपुर र सङ्खुवासभा जोड्ने अरुण नदीको सतिघाटमा सञ्चालन भएको फेरीमा सात दिन नपुग्दै बिग्रिएको छ ।

Padelux insider
cura insider

गत शनिबार सांसद सुदन किराँतीले उद्घाटन गरेको फेरीमा हप्ता दिन पुग्न नपाउँदै समस्या आएको हो ।

शनिबार सामानसहितको ट्र्याक्टर र १८ यात्रु लिएर भोजपुर तर्ने क्रममा फेरीको गियर बक्स बिग्रिएपछि बीचमै रोकिएको थियो ।

अरुण नदीको बीचमा फेरी रोकिएपछि यात्रुलाई ¥याफ्टिङ बोटले उद्धार गरिएको हो । केही दिनअघि फेरीबाट ट्रक तार्ने क्रममा सङ्खुवासभापट्टिको भागतर्फ पन्टुल लक गर्ने बिन्च उखेलिएको थियो ।

एक हप्ता नहुँदै फेरीमा समस्या भएको भन्दै स्थानीयले गुनासो गरेका छन् । उद्योग वाणिज्य सङ्घ दिङ्ला शाखाका अध्यक्ष रमेश श्रेष्ठले दिङ्ला मुलुककै ऐतिहासिक ठाउँ हो, तर अरुण नदीमा पुल नुहँदा धेरै समस्या भोग्नु परेको बताए ।

फेरी सञ्चालन गर्न सरोकारवाला पक्ष गम्भीर बन्न आवश्यक रहेको उनले बताए ।

स्थानीयले भने नगरपालिकाकाले फेरी सञ्चालनका लागि दक्ष कर्मचारी नराख्दा समस्या आएको आरोप लगाए ।
ठूलो लगानीमा बनेको फेरी साता दिन नपुग्दै बिग्रनु ठेकेदारले काममा लापरवाही गरेको स्थानीयको भनाइ छ । ्

फेरीमा समस्या आएपछि भोजपुरको दिङ्ला, कुदाकाउले झ्याउँपोखरीलगायत विभिन्न ठाउँमा सामान लिएर आएका धुवानीका साधन अलपत्र परेका छन् ।

प्राविधिकको भनाइअनुसार अहिले भएको समस्यालाई समाधान गरेर आगामी फागुन ११ गतेदेखि पुनः फेरी सञ्चालन गर्ने तयारी भइरहेको ठेकेदार कम्पनीका प्रतिनिधि सुरेश कार्कीले बताए ।

jackson ribon