birat ribon

अरुण नदीको बीचमा फेरी बिग्रियो, बोटबाट यात्रुको उद्दार

Neuro
अरुण नदीको बीचमा फेरी बिग्रियो, बोटबाट यात्रुको उद्दार

भोजपुर, ४ फागुन । भोजपुर र सङ्खुवासभा जोड्ने अरुण नदीको सतिघाटमा जडान गरिएको फेरी बिग्रिएको छ । शनिबार जडान गरी सञ्चालनमा आएको फेरीमा सात दिन नहुँदै समस्या आएको हो ।

Padelux insider
cura insider

गत शनिबार सांसद सुदन किराँतीले फेरीकाे उद्घाटन गरेको थिए ।

शनिबार सामानसहितको ट्र्याक्टर र १८ यात्रु लिएर भोजपुर तर्ने क्रममा फेरीको गियर बक्समा समस्या हुँदा बीचमै रोकिएको थियो । अरुण नदीको बीचमा फेरी रोकिएपछि यात्रुलाई र्‍याफ्टिङ बोटद्वारा उद्धार गरिएको हो ।

केही दिनअघि फेरीबाट ट्रक तार्ने क्रममा संखुवासभा पट्टिको भागतर्फ पन्टुल लक गर्ने बिन्च उखेलिएको थियो ।

एक हप्ता नहुँदै फेरीमा समस्या भएको भन्दै स्थानीयवासीले गुनासो गरेका छन् ।

उद्योग वाणिज्य सङ्घ दिङ्ला शाखाका अध्यक्ष रमेश श्रेष्ठले भने “दिङ्ला मुलुककै ऐतिहासिक ठाउँ हो, तर अरुण नदीमा पुल नुहँदा धेरै समस्या भोग्दै आइयो, फेरी सञ्चालनमा आउँदा केही राहत भएको थियो, तर साता दिन नहुँदै बिग्रिनु भनेको दुर्भाग्य हो ।’

स्थानीयवासीले भने नगरपालिकाले फेरी सञ्चालनका लागि दक्ष कर्मचारी नराख्दा समस्या आएको आरोप लगाएका छन् ।

फेरीमा समस्या आएपछि भोजपुरको दिङ्ला, कुदाकाउले झ्याउँपोखरीलगायत विभिन्न ठाउँमा सामान लिएर आएका धुवानीका साधन अलपत्र परेका छन् ।रासस

jackson ribon