birat ribon

पटक पटक थाम्नै नसक्ने गरि पिसाब लाग्छ भने हुन सक्छ प्रोस्टेटको समस्या

Neuro
पटक पटक थाम्नै नसक्ने गरि पिसाब लाग्छ भने हुन सक्छ प्रोस्टेटको समस्या

प्रोस्टेट ग्रन्थिको वृद्धि एउटा प्रक्रिया हो, जहाँ पुरुष ग्रन्थि विस्तारै बढ्दै जान्छ जसकारण मूत्रनलीमा दबाब हुन गइ मूत्रनली साँघुरो भएपछि पिसाब फेर्न गाह्रो हुन्छ ।

Padelux insider
cura insider

सामान्यतः ४० वर्ष पुगेपछि पुरुषहरूमा प्रोस्टेट ग्रन्थि बढ्दै जाने हुदा ६० वर्षको उमेर पुग्दा सम्म करब एकतिहाइमा प्रोस्टेटको समस्या देखापर्न थाल्छ ।

पुरुष ग्रन्थिले उत्पादन गर्ने एक किसिमको तरल पदार्थले शुक्रकिटलाई पोषण प्रदान गर्छ ।

प्रोस्टेट ग्रन्थि सुन्निएको प्रारम्भिक अवस्थामा मूत्रनलीको मांसपेशी बाक्लो हुने कारण मूत्रथैली बढी संवेदनशील हुने हुदा पिसाब पटक(पटक तथा अचानक फेर्नुपर्ने अवस्था सुरु हुन्छ ।

प्रोस्टेट ग्रन्थिमा कोषहरूको संख्या वृद्धि भएसंगै प्रोस्टेट ग्रन्थिको आकार तथा तौल पनि वृद्धि हुँदै जान्छ ।

प्रोस्टेट ग्रन्थिको वृद्धिसँगै पिसाबमा अवरोध आउनुका साथै मूत्रत्यागमा विभिन्न लक्षण देखापर्ने गर्छ ।

५० वर्षमा प्रायः ४० प्रतिशत पुरुषमा मूत्रत्याग गर्ने सिलसिलामा विभिन्न लक्षणहरू अनुभव गर्न थलछन् ।

कोषहरूको मृत्यु र नयाँ पैदा हुने कोषहरूबीचको सन्तुलन बिग्रनु नै ग्रन्थि वृद्धि हुनुको मुख्य कारण मानिन्छ ।

पटक(पटक पिसाब आउनु, पिसाबको धार कमजोर हुनु, ढिलो पिसाब आउने हुदा बल लगाउनुपर्ने हुनु, पिसाब चुहिनु, पिसाब फेरसिकेपछि पनि पिसाब थैलीमा मूत्र रहेको आभास हुनु, राती धेरैपटक पिसाब लाग्नु, आकस्मिक रूपमा पिसाब लाग्नु, केही क्षण पनि रोक्न नसक्नु, पिसाब पोल्नु, दुख्नु, पिसाबमा रगत देखिनु, आकस्मिक अवस्थामा ज्वरो आउनु, जाडो हुनु, वाकवाकी लाग्नु, तल्लो पेट दुख्नु, रातो पिसाब आउनु, मूत्रनलीमा पीडा हुनु प्रोस्टेटका लक्षणहरू हुन् ।

अवस्था बिग्रिएको खण्डमा प्रोस्टेट वृद्धिका कारण पिसाब थैली कमजोर हुने, पिसाब पूर्ण रूपमा रोकिने र मिर्गौला फेलर हुन सक्ने हुन सक्छ ।

प्रोस्टेट वृद्धिलाई समयमै उपचार नगरेमा पिसाब रोकिने, पिसाबमा संक्रमण हुने, पत्थरी हुने, मिर्गौला बिग्रने, पिसाबमा रगत मिसिने, मिर्गौलामा पानी जम्ने, मूत्रथैली सुन्निने, मूत्रथैली बिग्रने आदि समस्या उत्पन्न हुन थाल्छन् ।

तसर्थ, ४० वर्ष नाघेपछि नियमित स्वास्थ्य परीक्षण गरेर समयमै रोगको पहिचान गर्नु नै रोकथामको सबैभन्दा प्रभावकारी उपाय हो ।

प्रोस्टेट ग्रन्थि बढेको पत्ता लगाउन चिकित्सकद्वारा शारीरकि जाँच, अल्ट्रासाउन्ड, सिस्टोस्कोपी, एन्डिज टेस्ट तथा उपद्रवहरू पत्ता लगाउन रगत तथा पिसाबको परीक्षण र बायोप्सी गरिन्छ ।

jackson ribon